तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा चट्याङ लागेर एक गाई र पाँच भैँसी मरे

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका  ७ र ८ मा चट्याङ लागेर भैँसी तथा गाई मरेका छन्। 

शुक्रबार राति  वर्षासँगै परेको चट्याङ लागेर बडिमालिका नगरपालिका–७ को मल्यासैन लेकमा एक गाईसहित चार भैँसी मरेका छन् ।

गोठमा चट्याङ परेर बडिमालिका–७ का स्थानीय खडकलाल जैसीको एक गाईसहित प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृर्थु गुरुङका एक÷एक वटा भैँसी मरेको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनुभयो ।

त्यसैगरी बडिमालिका नगरपालिका वडा नम्बर ८ स्थित खलाडिलमा पनि एक भैँसी चट्याङ लागेर मरेको वडा अध्यक्ष चन्द्र थापाले बताउनुभएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्षतिको विवरण सङ्कलन गर्न प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको छ। गाई बस्तु लाई चट्याङ लागेको ठाउँ मल्यासैन लेक सदरमुकामबाट ४ घण्टाको दुरीमा रहेको छ ।

चट्याङ बाट ५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button