तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ४० जना ज्येष्ठ नागरिकलाई झुल र पङ्खा वितरण

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई  निःशुल्क पङ्खा र झूल वितरण गरेको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले एक कार्यक्रमका बीच बढ्दो गर्मी र लामखुट्टेबाट बच्नको लागि ८२ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई आइतबार पङ्खा तथा झुल वितरण गर्नुभयो ।

अत्यधिक गर्मी र लामखुट्टेको प्रकोप बढ्दै गइरहेको समय ज्येष्ठ नागरिकहरूलाई राहत दिने उद्देश्यले नगर स्तरीय कार्यक्रमबाट १ सय ४० जना ज्येष्ठ नागरिकहरूलाई उक्त सामग्री वितरण गरिएको नगर प्रमुख मण्डलले बताउनुभयो ।

बजेट अभावको कारण यस वर्ष ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मात्र वितरण भए पनि आगामी आर्थिक वर्षदेखि अन्य ज्येष्ठ सबै नागरिकलाई पङ्खा र झूल वितरण गरिने उहाँले बताउनुभयो।

कार्यक्रममा मटिहानी नगरपालिका उपप्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरू नाजिर मिया, अब्दुल गफार राईन, मिश्री नायक, कलीम अन्सारी, रितेश साह, मदन चौधरी,योजना अधिकृत राजेश कुमार शर्मा लगायतको उपस्थित रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button