गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरिने
पोखरा । गण्डकी प्रदेश सरकारले भोलि आइतबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गर्नुहुनेछ ।

आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले जेठ १२ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता जेठ १४ र १६ गते छलफलपछि सकारले पास गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । आइतबार प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई आत्मसात गरि बजेट आउने छ । आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्