तपाईँ सुन्दै हुनुहुन्छः

जनअपेक्षालाई यथोचित सम्बोधन गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरुप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिवर्तनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।  

गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भन्नुभएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतीत भइसकेको छ, जनअपेक्षा अनुरुप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।” 

उहाँले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताउनुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एवं न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button