तपाईँ सुन्दै हुनुहुन्छः

ठगी आरोपमा जिल्ला हुलाक बाराका प्रमुख पक्राउ

वीरगन्ज । बचतकर्ताहरूले जम्मा गरेको १ करोड ९५ लाख भन्दा बढी रकम ठगी गरी फरार रहेका जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला बहुदरमाई नगरपालिका २ घर भई हुलाक बचत बैङ्क बारामा बचतकर्ताहरूले जम्मा गरेको १ करोड ९५ लाख ३४ हजार ९ सय ६६ रुपैयाँ रकम हिनामिना तथा ठगी गरी फरार रहेका कुर्मीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।

कुर्मी उपर ठगी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button