तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

राजविराज। सप्तरीमा घाँटी काटिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरस्थित खेतमा सोमबार आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी २५ वर्षका जस्तो देखिने युवकको घाँटी काटेर हत्या गरेको अवस्थामा शव भेटिएको हाे । यस विषयमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button