तपाईँ सुन्दै हुनुहुन्छः

शहीद भीमनारायण गोल्डकपको उपाधि प्लानिङ व्वाइजलाई

धनकुटामा । शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करणको उपाधि प्लानिङ व्वाइज क्लब काठमाडौँले जितेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा बिरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ व्वाइजले उपाधि उचालेको हो । 

पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा विदेशी खेलाडी यो नेपोलियनको गोलबाट प्लानिङ व्जाइजले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको प्लानिङ व्वाइजका लागि ६९ औँ मिनेटमा बिषाल दर्जीले गोल गर्दै अग्रता दोब्बर पारे । ७२ औँ मिनेटमा यो नेपोलियनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो पारे । निर्धारित समयको अन्त्यतिर समीर थापाले गोल गर्दै प्लानिङ व्जाइजलाई ४–० को नतिजा दिलाए ।

बिरगञ्ज युनाइटेडले खेलमा फर्किने प्रयास गरे पनि स्कोर गर्न नसक्दा प्लानिङ व्वाइजलाई ४–० को नतिजा सुम्पिनुपर्‍यो । विजेता बनेको प्लानिङ व्जाइजले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपबिजेतामा सीमित हुन पुगेको बिरगञ्ज युनाइटेडले नगद २ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको फाइनल खेल मङ्गलवार नै हुने भनिएकोमा बर्षाका कारण रोकिन पुगेको थियो । 

रोकिएको फाइनल खेल बुधबार खेलाइएको आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button