तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–६ भुम्लिचोकमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा ५ जना घाइते भएका छन् । चितवनको फिस्लिङबाट भुम्लिचोकको घम्सुरतर्फ जाँदै गरेका बागमती प्रदेश ०१–०२५ च ६२०४ नम्बरको जीप आइतबार बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको गोरखा प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किरमाया आलेको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको हो । 

घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा जिल्ला प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button