तपाईँ सुन्दै हुनुहुन्छः

शहीद भीमनारायण गोल्डकप वैशाख २७ गतेदेखि

धनकुटा । शहीद भीमनारायण गोल्डकप, नकआउट फुटबल प्रतियोगिताको १५ औँ संस्करण यहीँ वैशाख २७ गतेदेखि हुने भएको छ । 

आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बुधबार प्रतियोगिता सञ्चालन हुने स्थल धनकुटास्थित तल्लो टुँडिखेलमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुने जनाएको हो । 

प्रतियोगितामा यसपल्ट आयोजकसहित आठ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक शम्भु श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगितामा पेमा युवा क्लब विराटनगर, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, बिरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब झापा, प्लानिङ ब्वाइज क्लब काठमाडौँ, विभागीय टोली एपिएफ र पाहुना टोली भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी र आयोजक टोली धनकुटाको सहभागिता रहनेछ । 

प्रतियोगिताको विजेता टिमले नगद ५ लाख रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने शहीद भिमनारायण स्मृति प्रतिष्ठानका सचिव रोशन श्रेष्ठले बताउनुभयो । 

त्यस्तै, प्रत्येक खेलको म्यान अफ् दी म्याच र विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ४१ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button