तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ४ अर्ब ९५ लाख बराबरको गहुँ उत्पादन 

बारा  ।  बाराका किसानहरूले यस बर्ष विभिन्न जातका २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरि प्रति हेक्टर ३ मेट्रिक टनको दरले ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 उत्पादित गहुँको बजार मूल्य १५ सयले प्रति क्विन्टलले वृद्धि भएको भएपनि क्षेत्रफल र उत्पादकत्वमा कुनै वृद्धि नभएको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसाद साहले जानकारी दिनुभयो । हाल कलैया सहित जिल्लाको विभिन्न ठाउँमा गहुँ प्रति क्विन्टल ४ हजार ५ सयको दरले बिक्री भई रहेको छ । 

यस बर्ष बारामा ४ अर्ब ९५ लाख बराबरको ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ । गत बर्ष कृषकहरूले २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती गरि प्रति हेक्टर ३ मेट्रिक टनको दरले रु २ अर्ब ६७ करोड, ३० लाख बराबरको ८९ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button