तपाईँ सुन्दै हुनुहुन्छः

मुसिकोटकाे आलु : उत्पादन हुन्छ बिक्रीमा भने सधैँ समस्या

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १३, मा उत्पादित आलुले बजार नपाउँदा किसानहरु चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौर लगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो रहेको छ ।

मुसीकोट नगरपालिका १३ का आलु उत्पादक किसान कालीकुमारी खड्काले वर्षमा दुई पटक आलु खेती हुने गरेको तर समयै बजार नपाएको बताउनुभयो । एक सिजनमा आफूले मात्र एक सय क्विन्टल आलु उत्पादन गरेको जानकारी उहाँले दिनुभयो । सोही गाउँका छविलाल खड्काले स्थानीय बजारमा आलु फाटफुट बिक्री हुने गरेतापनि समयमै बिक्री नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको बताउनुभयो । 

उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस क्षेत्रमा सिँचाई सुविधा र बजारीकरणको समस्या किसानहरुले वर्षौँदेखि झेल्दै आएको उहाँको भनाई रहेको छ । बजारमा भारतबाट आयातित आलुको कारण स्थानीय उत्पादन बिक्री हुन नसकेको किसानकाे गुनासाे छ । उक्त वडामा मात्र व्यवसायीक रुपमा करिब ६० घर किसानले आलु खेती गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button