तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार प्रतिबद्ध : मन्त्री रिजाल

नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ ।

गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–११ उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भको अवसर आज उद्योगमा आयोजित समारोहमा मन्त्री रिजालले भन्नुभयो, “कोरियाले नेपाली युवालाई रोजगारी दिनेदेखि नवीनतम प्रविधिको विकासमा वर्षौँदेखि सहयोग गर्दै आएको छ ।” नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले व्यापार घाटा घट्नुका साथै नेपालमा रोजगारी समेत बढ्ने उहाँको विश्वास थियो ।

मन्त्री रिजालले भन्नुभयो, “विदेशी प्रविधि भित्र्याउन आवश्यक नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौँ ।” गोल्छा ग्रुपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका–११ मा उत्पादन गरेर बिक्री वितरण सुरु गरेको छ ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क, सामसुङ कम्पनीका दक्षिण पूर्व एसियाका सिइओ जेवी पार्क, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव लगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button