तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटना स्थलमै दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटना मृत्यु भएको छ । 

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका वडा नं. ११ भरतपुर बस्ने २९ वर्षीय श्रवण कुमार महतो र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने रामविलाश महतोको छोरा  १२ वर्षीय विक्रम  कुमार महतो रहेका छन् । आज बिहान  लालबन्दी नगरपालिका वडा नं. ६ फुटबल ग्राउण्ड नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८१५ नं. को किलिङकर लोड गरेको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ३३ प ७५१३ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्कर बाट मोटरसाइकल चालक श्रवण र विक्रमको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रक चालक  सुनसरीको  सुनसरी नगरपालिका वडा नं. १० इटहरी बस्ने  ३४ वर्षीय जितेन्द्र चौधरीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक दुवै जनाको शव  प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button