तपाईँ सुन्दै हुनुहुन्छः

चुरे वनजंगल संरक्षण अभियानी ६ बुँदे मागसहित आमरण अनसनमा

जनकपुरधाम । चुरे वनजंगल संरक्षण सहितको ६ बुँदे मागसहित चुरे तथा वनजंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादव आजदेखि जनकपुरधामको जनक चौकमा आमरण अनसन बस्नुभएको छ ।

जन आवाज आन्दोलन अन्तर्गत विगत १ महिना ७ दिनदेखि जनकपुरधामको जनक चौकमा रिले अनसन बस्दै आएका अभियानीको मागप्रति कुनै तहका सरकारले सुनुवाई नगरेको भन्दै अध्यक्ष यादव आज साँझ ४ बजेदेखि आमरण अनशनमा बस्नुभएको हो ।

गरिब तथा भूमिहीनको समस्याको समाधान गर्न, दलितको राजनीतिमा समान पहुँच गराउन, चुरे वनजंगलको संरक्षण, विगतमा प्रदेश सरकारसँग भएको सहमतिको कार्यान्वयन, पर्सा जिल्लाका वन अधिकृत सुभाषचन्द्र दासले गरेको अनियमितता छानविन र कारबाही तथा चुरे संरक्षणको नाउँमा भएको अनियमितताको छानविन लगाएका माग गर्दै आमरण अनसन बसेको पत्रकार सम्मेलनमा यादवले जानकारी दिनुभयो ।

यादवले सिरहा जिल्लामा वनजंगल एवं बुट्यान क्षेत्रका ३ विघा ३ कठा जग्गा मारुती सिमेन्टको नाउँमा पास गर्ने काम भएकोले खारेज हुनुपर्ने माग गर्दै दलित भूमिहीनको अधिकारका आमरण अनशन शुरु गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button