तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनमा विभिन्न ६ वटा समूहको सहभागिता रहेको छ ।

सम्मेलनको शुभारम्भ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीत सङ्गीतको संवर्द्धन गर्दै आइरहेको बताउनुभयो ।

पुरा भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस :

उहाँले आज आयोजित शास्त्रीय सङ्गीत पनि त्यसैको निरन्तरता भएको प्रष्ट पार्नुभयो ।

सम्मेलनमा नायब कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले रेडियो नेपालले पहिला शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेर यस विधाको प्रवद्र्धन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button