तपाईँ सुन्दै हुनुहुन्छः

बन्दुकको छर्रा लागेर  मृत्यु

फुङ्लिङ I सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर  आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ । 

बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरू सिकारका लागि गएका थिए ।  सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।  घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button