नेतनयाहूले आफ्नो सरकारको रक्षामन्त्रीलाई अपदस्त गरेपछि इजरायली जनता प्रदर्शनमा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतनयाहू आफ्नो सरकारको रक्षामन्त्री योआम ग्यालेन्टलाई अपदस्त गरेपछि दसौँ हजारको संख्यामा इजरायली जनता सडकमा उत्रेका छन् ।
रक्षामन्त्री ग्यालेन्टले देशको न्यायपालिकालाई असर पार्ने कानून ल्याउने प्रधानमन्त्री नेतनयाहूको योजनाको सार्वजनिकरुपमा विरोध गरेका थिए ।
जेरुसिलममा प्रहरीले प्रधानमन्त्री नेटनयाहूको घरअगाडि भेला भएको प्रदर्शनकारीलाई पानीको फोहरा प्रहार गरी नियन्त्रणमा लिन खोजेको थियो ।
प्रधानमन्त्री नेतनयाहूले ल्याउन खोजेको नयाँ कानुनमा न्यायाधीश नियुक्त गर्ने पूर्ण अधिकार सरकारलाई दिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्