तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्समा जारी प्रदर्शन हिंस्रक बन्दै 

काठमाडौं । फ्रान्समा पेन्सन पाउने उमेर बढाउने सरकारको योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गइरहेको छ ।

हिजो (बिहीबार)  प्रदर्शनकारीले बाँउडु सभागृहलाई आगो लगाएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसीले जनाएको छ । 

फ्रान्सका प्रमुख सहरहरूमा भएका प्रदर्शनहरूमा करिब ११ लाख प्रदर्शनकारीले भाग लिएका र राजधानी पेरिसमा मात्र एक लाख १९ हजार प्रदर्शनकारी सडकमा उत्रेका बिबिसीले उल्लेख गरेको छ । 

पेन्सन पाउने उमेर ६२ बाट ६४ पु¥याउने सरकारी योजनाको विरोधमा फ्रान्समा एक सातादेखि प्रदर्शन भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button