स्ववियु निर्वाचन : डडेल्धुरा बहुमुखी क्याम्पसमा मतदान सम्पन्न, मतगणनाको तयारी

डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा अपराह्न ४ः०० बजे मतदान सम्पन्न भई मतगणनाको तयारी थालिएको छ ।
निर्वाचन समितिका अनुसार कुल ७ सय ९८ मतदाता मध्ये प्रत्यक्षतर्फ ५ सय २३ मत खसेको छ ।
मतदानपछि मतगणनाका बारे बसेको बैठकले बेलुका ७ः०० बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले बताउनुभयो ।
डडेल्धुरा बहुमुखी क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठन चुनावी प्रतिस्पर्धामा छन् ।
नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट, नेविसंघ (बिपी)बाट मदनबहादुर बोहरा र अनेरास्ववियुबाट गणेशबहादुर क्षेत्री चुनावी मैदानमा हुनुहुन्छ ।
मतपरिणाम पनि आजै आउने निर्वाचन अधिकृत पनेरुले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्