तपाईँ सुन्दै हुनुहुन्छः

फोटो खिच्ने क्रममा लडेर युवतीको मृत्यु

बागलुङ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवा बारीको भीरमा लडेर बागलुङकी एक युवतीको मृत्यु भएको छ ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवा बारी जोड्ने संसारकै लामो गण्डकी गोल्डेन ब्रिज छेउबाट फोटो खिच्ने क्रममा भीरमा खसेर बागलुङ नगरपालिका–२ की १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।

पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उपचारका लागि धौलागिरि अस्पताल लैजाँदै गर्दा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button