तपाईँ सुन्दै हुनुहुन्छः

तालिमबाट उद्यमी बन्दै महिला

पाल्पा । गाउँमा रोजगारीको अवसर नदेखेर विदेश तथा सहर पलायन हुने क्रम रोकिएको छैन । तर, पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानी धैरेनीका बेरोजगार महिलाहरू स्वरोजगार मूलक सीप सिकेर गाउँमै उद्यमी बनेका छन् ।  गाउँमा चप्पल बनाउने, अचार बनाउने, सिलाई कटाई, व्यूटीपार्लर, सिकर्मी, कृषि, पशुपालन लगायतको तालिमबाट महिलाहरू व्यावसायिक अगाडी बढेका हुन । 

महिलाहरूलाई गाउँपालिकाले माघ महिनामा तालिम दिएर सीप सिकाएको थियो । गाउँपालिकाको उद्यम विकास शाखा मार्फत महिलाहरूलाई सीप विकास तालिमसँगै मेसिन समेत दिइएको पालिका अध्यक्ष यम बहादुर चिदीको भनाई छ । ७ जना महिलालाई स्वरोजगार बनाउन माथागढी गाउँपालिकाले तालिम दिई उनीहरू मार्फत अन्यलाई समेत तालिमको व्यवस्था गरिएको माथागढी १ का वार्ड अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो । आर्थिक समृद्धिका लागि महिलाहरू नै अर्थ उपार्जनमा लाग्नुपर्ने यहाँले बताउनुभयो ।

माथागढी गाउँपालिकामा चालु आर्थिक वर्षमा पाँचवटा महिला लक्षित सीपमूलक तालिम सञ्चालन गरिएको छ । जसमा विपन्न वर्गका महिला, औषत आम्दानी कम भएका महिला र दलित समुदायका महिलाहरूको विशेष सहभागितामा तालिम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button