तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति निर्वाचन : काँग्रेसले सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको संसद्भित्र रहेका पार्टी पदाधिकारीहरूको बैठकले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्न सांसदहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो ।

बैठकले भोलि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको भेला गर्ने, पर्सि १९ गते सातै प्रदेशमा प्रदेश सभाका सदस्यहरूको भेला गर्ने र २४ गते सबै प्रदेश सभा तथा संघीय सांसदका सदस्यहरूको भेला गर्ने निर्णय भएको नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश सभाका सदस्यहरूको भेला सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।

काठमाडौँमा हुने सांसदहरूको भेलालाई आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सहमहामन्त्री बद्री पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button