तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा जातीय विभेदमाथि प्रतिबन्ध लगाउने सियाटल बन्यो पहिलो सहर 

काठमाडौं । अमेरिकामा जातीय विभेदमाथि प्रतिबन्ध लगाउने सियाटल पहिलो अमेरिकी सहर बनेको छ । 

सियाटलको स्थानीय काउन्सिलले मतदान मार्फत जातीय विभेद माथि प्रतिबन्ध घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकामा रहेका नेपाली र भारतीय मूलका दलित समुदायका मानिसहरूले त्यहाँका दक्षिण एसियालीबीच रहेको जातीय विभेद विरुद्ध आवाज उठाउँदै  आइरहेका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button