तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको माध्यमबाट गरिबी घटाउन आर्थिक स्रोत बढाइने : मन्त्री राई

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार  राईले नागरिकको गरिबी घटाउन सहकारीका माध्यमबाट आर्थिक स्रोत बढाइने बताउनु भएको छ ।

धनकुटा नगरपालिकामा रहेको गोकुण्डेश्वर बालमन्दिर नमुना माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन कार्यक्रममा  बोल्दै मन्त्री राईले यस्तो बताउनुभएको हो ।

देशको अर्थतन्त्र निराशाजनक रहेकोले मन्त्री राईले यसलाई सहकारीका माध्यमबाट देशमा उपलब्ध श्रोत र साधनको प्रयोग गरेर नागरिकहरूको आय उपार्जनको बाटो सुधार गर्न सरकार लागि परेको बताउनुभयो । ‘अब बिस्तारै छोराछोरी विदेश जाँदा स्याबासी दिनु पर्ने बाध्यताको अन्त्य गर्न सरकार लागि परेको छ ।’मन्त्री राईले भन्नुभयो ।

राजनैतिक व्यवस्था परिवर्तन भएपनि देशमा सुशासन र आर्थिक विकास नभएकाले नागरिकको अवस्था उस्तै रहेको उहाँको भनाई थियो । उद्घाटन गरिएको नयाँ भवन नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत एक करोड ७० लाख ६० हजारको लागतमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दामोदर मिश्रले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button