तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटाको भीर गाउँमा सुरु भयो प्रसूति सेवा

धनकुटा । धनकुटा नगरपालिका–२ स्थित भीर गाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुरु भएको छ । भीर गाउँवासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि सो स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेब थिए । भीर गाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।

अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भ जाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ ।

गाउँमै प्रसूति सेवा सुरु भएपछि भीर गाउँवासी हर्षित छन् । स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button