तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख घिमिरेसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो । 

भूकम्पपछिको पुनः निर्माणमा चीनबाट भएको सहयोग पनि  स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरू क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । 

चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । 

सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाउनु भएको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button