तपाईँ सुन्दै हुनुहुन्छः

मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

काठमाडौँ । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन् ।  मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोर (६३ केजी) को खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरू तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल  भएको सचिव दिपक तामाङले बताउनुभयो । थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडीहरूको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडीहरू सँगै थाइल्यान्ड पुगेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button