तपाईँ सुन्दै हुनुहुन्छः

बसकाे ठक्करबाट बालिकाकाे मृत्यु भएपछि काभ्रेको भकुण्डे तनावग्रस्त, आक्रोशित स्थानीयद्वारा आगजनी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध– ७ स्थित बिसकिलोमा आठ वर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बालिकाको मृत्युपछि आक्रोशित भीडले ठक्कर दिने बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन् ।

अहिले बीपी राजमार्ग बन्द भएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button