तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा दुई अध्यादेश स्वीकृत

कास्की  । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएका दुई अध्यादेश स्वीकृत भएका छन् । 

गण्डकी प्रदेशसभाको आज बसेको बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत स्वीकृत गरेको हो ।

यसअघि, गत पुस १८ गते बसेको गण्डकी प्रदेशसभाको पहिलो बैठकमा पूर्व प्रदेशसभा मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले उक्त टेबल भएको अध्यादेश प्रदेशसभामा पेस गर्नुभएको थियो । 

मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले अघिल्लो संसद् बैठक अन्त्य भइसकेपछि प्रदेश निजामती तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button