तपाईँ सुन्दै हुनुहुन्छः

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ I आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को नाफाबाट शेयर धनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । 

आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी रु दुई करोड सात लाख छ ।

यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू ४८ करोड ५७ लाख ६० हजार छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button