तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन भएन’

सल्यान । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले राजनीतिक सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन नभएको बताउनुभएको छ ।

उहाँले प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन नहुँदा सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्न समस्या भएको उल्लेख गर्नुभयो ।

बुधबार साँझ खलंगामा प्रेस सेन्टर नेपाल सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन निर्माणमा ढिलाइ भएको बताउनुभयो । शर्माले कार्यालय र कर्मचारी संघ मातहत हुँदा प्रशासनिक र वित्तीय कार्यान्वयन समस्या भएको बताउनु भयो ।

अर्को एक प्रसङ्गमा मन्त्री शर्माले विगतमा वास्तविक किसानसम्म अनुदानका कार्यक्रम नपुगेको गुनासो आएकाले अनुदान भन्दा पनि किसानलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button