तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका नीति योजना आयोगका उपाध्यक्ष डा. झाद्वारा राजीनामा

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पदबाट राजीनामा दिएपछि उक्त पद आजबाट रिक्त भएको छ । सरकार परिवर्तन भएपछि नयाँ मुख्यमन्त्रीलाई काम गर्नमा सहजता होस् भन्नका लागि डा. झाले राजीनामा दिएपछि पद रिक्त भएको छ ।  

२०७६ भदौ २२ गते उपाध्यक्षमा नियुक्त हुनु भएका झा चुनावपश्चात् नयाँ सरकार गठन भएसँगै नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिनु भएको छ ।

यसअघि रहेका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. हरिवंश झालाई तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले हटाएर डा. भोगेन्द्र झालाई नियुक्त गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापन गरेर सेवा निवृत्त हुनु भएका डा. झा अर्थशास्त्र विषयमा प्रतिष्ठित विद्वान रहनु भएको छ ।  

स्पष्ट शोच तथा विचार राख्ने डा. झा प्रदेशमा सुशासन तथा विकासका पक्षमा पदमा बहाल रहुन्जेल निरन्तर रुपमा सक्रिय रहनु भएको थियो । उहाँको कार्यकालमा प्रदेशका विभिन्न सूचकको अवस्था सहितका विषयमा पुस्तकहरू पनि नीति तथा योजना आयोगबाट प्रकाशित भइसकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button