तपाईँ सुन्दै हुनुहुन्छः

सरकार सञ्चालन साझा नीति र कार्यक्रमबाट : महासचिव पोखरेल

मोरङ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन  पनि साझा नीति र कार्यक्रमबाट हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु हो भन्नुभयो । 

“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भन्नुभयो । केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार विजयी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button