तपाईँ सुन्दै हुनुहुन्छः

मनै लोभ्याउने सल्यानी सुन्तला (फोटो फिचर)

सल्यान । साबिकको कोटमौला गाविस सुन्तला गाउँका रुपमा परिचित छ । साबिकको कोटमौला गाविस हाल बागचौर नगरपालिका ८ र ९ वडा पर्छ ।

कोटमौलाका किसानलाई यतिबेला बारीमा पहेँलपुर भएका सुन्तला टिप्न र गाडीमा लोड गर्न भ्याइनभ्याइ छ । कोटमौलाको सुन्तला, कपुरकोटको तरकारी र माल्नेटाको अदुवाले ख्याति कमाएका छन् देशभरि ।

सुन्तला डोकोमा बोकेर बजार खोज्दै हिँड्नु पर्दैन अहिले सल्यानका किसानलाई । बगैँचामा आइपुग्ने व्यापारीले बजार पुर्‍याइदिन्छन् । आँगनमा हातहातै नगद हात पर्ने भएकाले किसानहरू पनि यतिबेला मख्ख छन् ।

सुन्तला नेपालको मध्यपहाडी भेगमा उत्पादन हुने फल हो । र यो समुन्द्री सतहको एक हजारदेखि १४ सय मिटरसम्म फल्छ । बिरुवा रोपेको पाँच वर्षदेखि फल लाग्न थाल्छ ।

विगतका वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन राम्रो हुँदा किसानहरू थप खेतीप्रति हौसिएका छन् ।

यस वर्ष सल्यानमा ८ हजार ३ सय ७६ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयको अनुमान रहेको छ । जबकि गत वर्ष ६ हजार ८० मेट्रिक टन मात्र उत्पादन भएको थियो ।

जिल्लाभर १ हजार ६ सय हेक्टरमा सुन्तला खेती हुँदै आइरहेको छ । जसबाट वार्षिक २५ करोड रुपैयाँसम्म भित्रिँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button