तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

सिन्धुपाल्चोक । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा एमाले सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका ०७२ सालको भूकम्पपछि बन्द भएको थियो ।

शुक्रबार नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थ मन्त्रालय पुग्नुभएका एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाल लगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गर्नुभएको हो । उहाँहरूले अरनिको राजमार्गको जुरे-कोदारी खण्डको सडक र पुलको पुनर्निर्माणको आवश्यक अध्ययन सहितको बजेट समेत माग गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button