तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट आउने आगन्तुकमाथि कोभिड परीक्षण गर्न  युरोपेली सङ्घको आग्रह

काठमाडौं । युरोपेली सङ्घले आफ्ना सदस्य राष्ट्रहरूलाई चीनबाट आउने आगन्तुकमाथि कोभिड परीक्षण गर्न आग्रह गरेको छ । 

चीनले आफ्नो शून्य कोभिड नीति खुकुलो गरेसँगै आगामी आइतबारबाट चीन प्रवेश गर्न र बाहिरिन सजिलो हुनेछ । 

चीनमा हाल कोभिड–१९को संक्रमण बढेको र त्यहाँका अस्पताल भरिन थालेका अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ । 

यसैगरी युरोपेली सङ्घको हिजो (बुधवार)को बैठकले चीन जाँदा र फर्किदा हवाईजहाजमा मास्क लगाउने, चीनबाट आउने यात्रुको कोभिड परीक्षण र विमानस्थलबाट निस्कने ढलको परीक्षण लगायतका स्वास्थ्य सतर्कता अबलम्बन गर्न आग्रह गरेको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button