तपाईँ सुन्दै हुनुहुन्छः

उच्च मनोबल र सङ्कल्पका साथ पार्टी सङ्गठनमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

file photo

काठमाडौँ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्च मनोबल र सङ्कल्पका साथ पार्टी सङ्गठनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

युवा संघ नेपालले आज ललितपुरमा आयोजना गरेको निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले राजनैतिक स्पष्टता नभएकोले वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा आफ्नो पार्टीले कुनै धारणा नबनाएको बताउनुभयो ।

उहाँले यही पुस २६ गतेसम्म आँफुहरु पर्ख र हेरको रणनीतिका साथ अगाडी बढेको भन्नुहुँदै सरकारको नीति कार्यक्रम आएपछि मात्रै आफ्नो पार्टीको आधिकारिक निर्णय आउने जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले देशमा आइपर्ने सबै प्रकारका कठिनाइ र चुनौती सामना गर्न तयार रहन पनि आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button