तपाईँ सुन्दै हुनुहुन्छः

सेतीमा आठ दशकपछि सिटीस्क्यान सेवा सञ्चालन

धनगढी ।धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ८ दशकपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल मानिने सेती प्रादेशिक अस्पतालमा स्थापनाको ८ दशकपछि सिटी स्क्यान सेवा बिस्तार गरिएको हाे ।

प्रदेश सरकारको झण्डै ७ करोड बजेटमा प्रादेशिक अस्पतालमा सिटीस्क्यान मेसिन, उपकरण लगायत जडान भएको छ ।अस्पतालमा मेसु डा.हेमराज पाण्डेयले सिटी स्क्यान सेवा शुरु भएपछि उपचारमा थप सहज हुन बत्ताउनुभयो । लामो प्रयास पछि अस्पतालमा सिटीस्क्यान मेसिन जडान गरिएको छ, अब सिटीस्क्यान सेवाको प्रभावकारी सञ्चालन र दक्षजनशक्तीमा विशेष जोड दिइने अस्पताल सञ्चालक समितिका अध्यक्ष नरबहादुर शाह बताउनुहुन्छ ।

बर्षाैपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएपछि उपचार सेवा लिनका लागि भारत लगायत विभिन्न ठाउँमा जानू पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सिटीस्क्यान सेवाको शुभारम्भ गर्नुहुँदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको बत्ताउनुभयो ।

सेती प्रादेशिक अस्पतालकाे स्तराेन्ती, मेसिन, उपकरण खरिद, जनशक्तिको व्यवस्थापनका लागि बजेट अभाव हुने छैन भन्दै मुख्यमन्त्री भट्टले नागरिकलाई सहज, सुलभ रुपमा उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button