तपाईँ सुन्दै हुनुहुन्छः

चीन र भारतमा फैलिएको ओमिक्रोन सव भेरियन्टबाट नेपालमा पनि जोखिम 

बुस्टर डोज लगाउन सरकारको आग्रह

काठमाडौँ। कोरोना संक्रमण क्रमशः न्यून हुँदै गएको बेला छिमेकी राष्ट्र चीन र भारतमा संक्रमण बढ्न थालेसँगै यसको जोखिम नेपालमा पनि बढ्ने सम्भावना देखिएको छ ।

सन २०१९ मा चीनमा पहिलो पटक पुष्टि भएको कोभिड–१९ ले लगातार विश्वलाई शिथिल बनाउँदै लगेपछि पछिल्लो समय कोरोना विरुद्धको खोपले राहत प्रदान गरेको थियो । 

छिमेकी देशमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सव भेरियन्ट बि एफ डट सेभेन पुष्टि भएसँगै  नेपालमा यसको जोखिम र सरकारको तयारी कस्तो छ त ? 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुनः बढ्न सक्ने भएकाले सचेत हुन आग्रह गरेको छ ।

कोरोनाका अन्य भेरियन्ट भन्दा ओमिक्रोन सब भेरियन्ट बीएफ डट सेभेन छिटो फैलने र धेरैलाई संक्रमित बनाउने भएपनि नेपालमा भने यो भेरियन्ट अहिलेसम्म पुष्टि भएको छैन । यद्यपि, सरकारले यो भेरियन्ट छ, छैन जाँच गर्न जिन सिक्वेन्सीको काम भने जारी राखेको छ ।

छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब भेरियन्ट बीएफ डट सेभेन तीव्र गतिमा फैलिएको छ भने खुला सीमा भएको छिमेकी भारतमा पनि यो संक्रमण पुष्टि भइसकेकाले नेपालमा पनि यो सङ्क्रमणको जोखिम बढेको हो । 

कोरोनाका अन्य भेरियन्ट भन्दा ओमिक्रोन सब भेरियन्ट बीएफ डट सेभेन छिटो फैलने र धेरैलाई संक्रमित बनाउने भएपनि नेपालमा भने यो भेरियन्ट अहिलेसम्म पुष्टि भएको छैन । यद्यपि, सरकारले यो भेरियन्ट छ, छैन जाँच गर्न जिन सिक्वेन्सीको काम भने जारी राखेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले नेपालमा यो भाइरस पुष्टि भयो भने एक्कासी धेरै मानिस संक्रमित हुने जोखिम रहेको बताउनुभयो । 

उहाँले संक्रमण फैलिहाले पनि सरकारसँग पूर्वाधार पर्याप्त रहेको भन्नुहुँदै नागरिकहरू आफै संक्रमित नहुने तर्फ सचेत हुनुपर्ने बताउनुभयो । 

दोस्रो वेभमा आएको डेल्टा भेरिययन्ट जस्तो घातक यो सव भेरियन्ट नभएपनि एकै पटक धेरै व्यक्तिलाई भने संक्रमित बनाउने विभिन्न अध्ययनले देखाएको छ ।  

पूर्ण मात्रा खोप लगाएकालाई बुस्टर डोज लगाउन अग्रसर हुन पनि सरकारले आग्रह गरेको छ । 

खोप बाहिर पठाएपछि १० हप्तासम्म खपत भएन भने खेर जाने गर्छ । सरकारले ओमिक्रोन सव भेरियन्ट वि एफ डट सेभेनलाई समेत काम गर्ने १५ लाख डोज थप खोप ल्याउन लागेको समेत डा. ठाकुरले जानकारी दिनुभयो । 

पूर्ण मात्र खोप लगाएको करिब २ वर्षसम्म र बुस्टर डोज लगाएपछि करिब ६ महिनादेखि १ वर्षसम्म काम गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. ठाकुरले जानकारी दिनुभयो । 

सरकारले ५५ वर्षमाथिका वृद्धवृद्धा, जीर्ण रोगी, गर्भवती महिला, स्वास्थ्यकर्मी लगायतलाई चौथो डोज खोप लगाउने तयारी समेत गरेको छ । 

नेपालमा पूर्ण मात्र खोप करिब ८३ प्रतिशत जनसङ्ख्याले लगाए भने ती मध्ये करिब ३८ प्रतिशतले मात्र बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ । 

कोरोनाको जुनसुकै भेरियन्ट आए पनि आम नागरिकले जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना गर्ने र बुस्टर डोज खोप लगाउन ढिलासुस्ती नगरे सङ्क्रमणबाट बच्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button