तपाईँ सुन्दै हुनुहुन्छः

विदेश जाने युवा जनशक्ति रोक्नु आजको आवश्यकता : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नु आजको आवश्यकता रहेको बताउनुभयो । 

बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासमा गुणस्तरीय शिक्षा आवश्यक रहने भन्नुहुँदै राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो । 

केन्द्र, प्रदेश र स्थानीय तहले सक्रिय सहभागिता जनाए सामूहिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्ने उदाहरणहरू प्रशस्त रहेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि विद्यालयको भूमिका पनि अहम् रहने बताउनुभयो । 

sf7df8f}F, @& dªl;/M afF;af/L :j0f{ dxf]T;j ;df/f]x /fi6«klt ljBfb]jL e08f/L dªunaf/ sf7df8f}Fsf] dxf/fhu~hl:yt afF;af/L dfWolds ljBfnodf cfof]lht :j0f{ dxf]T;j ;df/f]xdf ;xefuL x’g’x’Fb} . tl:a/M d]3gfy kxf8L÷/f;;

उहाँले ज्ञान भूमि र शान्ति भूमि नेपालको एकता र सार्वभौमिकता कायम राख्न विद्यालय शिक्षाको भूमिका अग्रणी रहने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले ३० वर्ष भन्दा बढी सेवा गर्ने शिक्षक शिक्षिकालाई दिर्घसेवा पदकबाट सम्मान गर्नुभएको थियो ।

यसैगरी उहाँले स्कुल निर्माणमा सहयोग पुराउनुहुने विभिन्न दाताहरूलाई पनि सम्मान गर्नुभयो । 

कार्यक्रममा बाँसबारी माध्यमिक विद्यालय माहाराजगञ्जका प्रधानाध्यापक अनिलकुमार झाले विद्यालयको अवस्था र क्रियाकलापको बारेमा जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button