तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य चार सयले बढ्यो

काठमाडौँ I सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार सात सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार आठ सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button