तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा न्यूनीकरणमा दलहरूको भूमिका महत्त्वपूर्ण: मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राज्यका हरेक निकायमा महिला सहभागिता सुनिश्चित गर्न राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज काठमाडौँमा आयोजना गरेको ‘राजनीतिमा हुने लैङ्गिक हिंसा न्यूनीकरणमा सूचनाको हक’ विषयक कार्यक्रममा मन्त्री रेग्मीले समाजमा महिलालाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब राज्य व्यवस्थामा पनि देखिएको बताउनुभयो ।

लामो आन्दोलन र अभियानबाट महिला सहभागितालाई कानूनी रुपमा स्थापित गर्न सफल भएता पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको मन्त्री रेग्मीले बताउनुभयो ।

उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न गाउँगाउँमा जनचेतना जागृत गराउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले महिलामाथि हुने हिंसाका घटनामा पीडितलाई न्याय दिने क्रममा ढिलासुस्ती भए सूचनाको हक प्रयोग गरी जानकारी माग्न सकिने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा अन्त्यका लागि समाज र व्यक्ति सुधारका कार्यक्रमहरू गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button