तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मङ्गलवार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षिया हिरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिनु भएको छ। 

प्रहरीका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएको अवस्थामा जङ्गली हात्तीकोको आक्रमणमा परी मृत्यु भएको हो । 

स्थानीय घरले वृद्ध अवर राति सम्म पनि घर नफर्के पछि वनमा खोजी गर्दा शरीर च्यातेर फालेको अवस्थामा फेला परेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button