तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराईको निधन

सप्तरी । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको संस्थापक अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । 

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले आयोजना गरेको ११औँ साधारण सभामा सहभागी हुन जानुभएका भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत फेला पर्नुभएको हो ।

लालबन्दी–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुग्नुभएका उहाँ शनिबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला पर्नुभएको हो । 

भट्टराईले ओछ्यानमै बान्ता गरेको तथा उहाँले खाने औषधि पनि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button