तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो’

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

file photo

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुख लगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताउनुभयो ।

उहाँले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढङ्गले काम गरेकोमा धन्यवाद दिनुहुँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएकाले छिट्टै कानून संशोधनको प्रक्रिया अघि बढाइने र नयाँ संसद्को नयाँ अधिवेशनमा कानून संशोधनले प्रवेश पाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button