तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप लिग २ : नेपाल-नामिबियाको खेल आज

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ।

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्।

ती दुवै खेल नामिबियाले जितेको छ। विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button