तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरी क्षेत्र नम्बर १ मा एमाले विजय

महोत्तरी । महोत्तरी क्षेत्र न १ मा प्रतिनिधिसभा तर्फ लक्ष्मी महतो कोइरी  र प्रदेश सभा १(क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएकाे छ । प्रतिनिधिसभा तर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् । महतोले पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरेका हुन् । महतोले २३ हजार ४ सय २ मत ल्याएका छन् भने पोखरेलले २२ हजार ३ सय ७२ मत ल्याएका छन् । 

नेकपा एमाले-जसपा गठबन्धनबाट उम्मेदवारी दिएका महतोले सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पराजित गरेका हुन् । २०७४ मा भएको निर्वाचनमा पोखरेलले महतोलाई पराजित गरेका थिए । २०७४ मा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याउनुभएको थियो भने महतोले १९ हजार ४ सय ९२ मत ल्याउनुभएको थियो । महतो सघिय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा महतो नेकपा एमालेबाट उम्मेदवारी दिनुभएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट नदिएपछि महतो एमाले प्रवेश गरेका हुन्। 

 त्यस्तै प्रदेश सभा (क) तर्फ शारदा देवि थापा निर्वाचित हुनुभएको छ । थापाले सता गठबन्धनका उम्मेदवार तथा लोसपाका उम्मेदवार पिताम्बर महतोलाई ७ सय १९ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । थापाले ८ हजार ३ सय ४ मत ल्याउनुभएको छ भने महतोले ७ हजार ५ सय पचासी मत ल्याउनुभएको छ । प्रदेश सभा सदस्यमा थापा दोस्रो पटक निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button