तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनमा खटिएका १३५ कर्मचारी उपल्लो डोल्पामा अलपत्र

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको विकट क्षेत्र ‘उपल्लो डोल्पा’मा १३५ जना कर्मचारी अलपत्र परेका छन् ।

गत मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि उपल्लो डोल्पामा खटिएका १३५ जना कर्मचारी २ दिनदेखि अलपत्र परेका हुन् ।

मतदान कार्य सम्पन्नपछि मङ्सिर ४ र ५ गने हेलिकोप्टरले मतपेटिका तथा मतदान अधिकृतहरूलाई मात्र लिएको तर अन्य कर्मचारीहरूलाई नलिएर बेवास्ता गर्दा दुई दिनदेखि अलपत्र परेको कर्मचारी कमल बोहोराले गुनासो गरे ।

चिसो बढ्दै गएको र उक्त क्षेत्रमा हिउँ परेकोले केही कर्मचारी बिरामी समेत परेकोले छिटो उद्धारको माग गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button