तपाईँ सुन्दै हुनुहुन्छः

आसन्न मङ्सिर ४ निर्वाचनका लागि बर्दियाको सीमानाका आवागमनमा रोक

बर्दिया I आसन्न मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागी मङ्सिर १ गते देखी बर्दिया जिल्लाको सीमा नाकामा आवागमनमा रोक लगाइने  भएको छ । 

निर्वाचनका अवधिभर कुनै पनि  गलत गतिविधि हुन नदिन स्वतन्त्र,निष्पक्ष, स्वच्छ र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका निमित्त सीमा नाकामा आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

 मङ्सिर १ गते बिहीबार राती १२ बजे देखी मङ्सिर ४ गते आइतबार राती १२ बजे सम्मका लागी सीमानाका सील गरी आवागमनमा  रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका  सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताउनुभएको छ ।

मङ्सिर ४ गते हुने मतदानका दिन बिहान ५ बजे देखी राती १० बजे सम्मका लागी अति आवश्यक साधन एम्बुलेन्स,दमकल,दूध,तरकारी,लगायतका खाद्य सामाग्री बोकेका सवारी साधन ,शव वाहन स्वास्थ्य संस्थाका गाडी, निर्वाचनमा प्रयोग भएका गाडी र अनुमति प्राप्त सवारी साधन  बाहेक निजी,सार्वजनिक,सरकारी सहितका गाडीहरू समेत संचानमा रोक लगाइएको पाण्डेयले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button