तपाईँ सुन्दै हुनुहुन्छः

‘नगरपालिकामा बुद्धिचाल प्रतियोगिता हुनु गौरवको विषय’

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ताले आफ्नो नगरपालिकामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुनु गौरवको विषय भएको बताउनुभएको छ।

शम्भुनाथ सामुदायिक विकास केन्द्रद्वारा शम्भुनाथ नगरपालिका ९ स्थित बसवलपुरमा आयोजित प्रथम शम्भुनाथ फिटे रेटिङ राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नगरपालिकामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो।

मेयर गुप्ताले खेलले स्थानीय तथा राष्ट्रको पहिचान झल्काउन योगदान दिने बताउनुभयो । उहाँले शान्तिपूर्ण रुपमा खेलमा सहभागिता जनाउन खेलाडीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौँ, पोखरा, वीरगन्ज, जनकपुर, झापा, भोजपुर, उदयपुर, बुटवल, सङ्खुवासभा, हेटौँडा, सुनसरी, सिरहा, सप्तरी तथा भारतको सिक्किमसहितका नेपाल र भारतका गरि ७६ जनाको सहभागिता रहेको आयोजक समितिका उपाध्यक्ष रामदेव मण्डलले जानकारी दिनुभयो।

स्विस लिग अनुसार खेलिने खेलमा १ जना सहभागीले प्रथम स्थान हासिल गर्न ७ चरणको खेल खेल्नुपर्ने निर्णायक भुपेन्द्र निरौलाले जानकारी दिनुभयो।

प्रतियोगितामा उत्कृष्ट १५ जना खेलाडीहरूलाई नगद ३० हजार, मेडल र प्रमाण–पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button